काठमाडौं- नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सबन्धी अध्यादेश संशोधनसहित पारित गर्न माग गरेको छ। कानुन मन्त्रि दिलेन्द्र प्रसाद बडुलाई भेटेर संघले स्वास्थ्यकर्मि तथा स्वास्थ्य संस्था सुरक्षा सबन्धि अध्यादेश २०७८ लाई संशोधन सहित पारित गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो।
उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी वा स्वास्थ्यसंस्थामाथि दिन प्रतिदिन आक्रमण गर्ने क्रम निरन्तर जारी रहेको भन्दै त्यस्ता अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन संघले माग गरेको छ।
अध्यादेशलाई विधेयकको रुपमा संसदबाट कानूनको रुपमा पारित गरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन पनि संघले माग गरेको छ।