काठमाडौँ- नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आउने भएको छ। कोभ्याक्स मार्फत नेपालले आगामी सोमबार थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप प्राप्त गर्ने भएको छ।
बेलायतले कोभ्याक्स सुविधाबाट पठाउन लागेको २१ लाख ७४ हजार १६० डोज खोपमध्ये आउन बाँकी १३ लाख १२ हजार ८० डोज खोप सोमबार पठाउन लागेको हो।
स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले बेलायतले कोभ्याक्स मार्फत पठाउने २१ लाख ७४ हजार ८० डोज खोप सोमबारसम्म आइपुग्ने बताए। यसअघि कोभ्याक्समार्फत ८ लाख ६२ हजार ८० डोज खोप आइसकेको छ।