काठमाडौं– चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)मा सरकारी समूहतर्फको ओपन हाउस म्याचिङको मिति तय गरेको छ। आयोगले बिहीबार एक सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षाको प्रकाशित नतिजाको योग्यताक्रममा रहेका सरकारी समूहतर्फका उम्मेदवारहरुका लागि शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम छनौटका लागि मिति तय गरेको हो।
फागुन ५ गते आयोगको कार्यलयमा भौतिक उपस्थितिमा ओपन हाउस म्याचिङ गरिने आयोगले जनाएको छ। त्यसका लागि उम्मेदवारहरुले अनिवार्य रुपमा प्रवेशपत्र, स्कोरकार्ड तथा अनलाइन आवेदनसाथ पेश गरेका सक्कल कागजातहरु सहित उपस्थित हुनुपर्ने भनिएको छ। आयोगले खुला तर्फको म्याचिङ सम्बन्धी कार्यक्रम भने पछि प्रकाशित गर्ने जनाएको छ।
कुन विषयको कुन समयमा म्याचिङ?