काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ। बिहीबार १ हजार ३ सय ६९ थपिएसँगै नेपालमा ११ लाख ७ हजार ९८६ नेपालमा लाखलाई कोरोना संक्रमण भएको छ। यी मध्ये ९ लाख ७१ हजार ४७५ जनाकाे पीसीआर र १ लाख ३६ हजार ५११ जनाको एन्टिजेन विधीबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार मुनि झरेहको छ। हाल सक्रिय संक्रमितको सङ्ख्या २९ हजार चार रहेको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८६४ पुगेको छ। कोरोनाबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत छ। प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३९० दशमलव पाँच रहेको छ।
हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा ३२ र आइसियुमा २२५ रहेको छ। होमआइसोलेसनमा २७ हजार ९३०, संस्थागत आइसोलेसनमा एक हजार ७४ र क्वारेन्टिनमा १३३ जना रहेका छन्।
हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही, र कैलाली रहेका छन्।
दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सिरहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नवलपरासीपूर्व, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, दाङ, र कञ्चनपुर छन्। हाल शून्य सङ्क्रमित रहेको एक मात्र जिल्ला मनाङ रहेका छन्।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात हजार १७०, ललितपुरमा तीन हजार ४३१ र भक्तपुरमा एक हजार ४६४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।