काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री विरोध खतिवडाको राजीनामा मागेका छन्। उनले कोभिड १९ विरुद्धका २४ लाख डोज खोप खतिवडाले हिनामिना गरेको भन्दै राजीनामाको माग गरेका हुन्।
उनले भने, '२४ लाख डोज खोप झ्वाम्म खायो। लाज सरम छैन। हाम्रो पार्टीको माग छ २४ लाख डोजको हिसाब चाहियो। कर्लप्न खान पाउँदैन। कुनै समयमा पनि छानबिन हुनुपर्छ। हुन्छ।'
उनले यस्ता कार्यका लागि खतिवडाले राजीनामा दिनुपर्ने बताए। 'योभन्दा गैरजिम्मेवार काम अर्को हुन सक्दैन। यसमा मन्त्रीले राजीनामा दिँदैन,' उनले थपे, 'यस्तो कुरामा कसैले प्रश्न उठाउँदैन। कोही बोल्दैन।'
स्वास्थ्यमा सरकारले काम नै गर्न नसकेको उनको भनाइ छ।