काठमाडौं- संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार किस्ट मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना गरिएका जोशी सोमबार डिस्चार्ज भएका हुन्।
जोशीको छातीमा निमोनिया देखिएको थियो। उपचारका क्रममा उनको मुटु र पिसावमा समस्या देखिएको अस्पतालले जनाएको थियो।