काठमाडौं- गत माघ १३ गते चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा कृष्ण गिरी चढेको गाडीमा ढुंगामुढा गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा राखेर उनीहरुमाथि अनुसन्धान सुरु गरिएको छ । पक्राउ परेकाहरुको विवरण अहिलेसम्म प्रहरीले सार्वजनिक गरेको छैन ।
घटना अनुसन्धानकै क्रममा रहेका यस घटनाबारे अहिले केही पनि बताउन नमिल्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० सुदिप गिरीको भनाइ छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पछाडि मोटरसाइकल र स्कुटरमा आएको एक समूहले गिरी सवार गाडीमा ढुंगामुढा गरेको थियो ।
गिरी सवार प्रदेश–३–०१ ००२ झ ४९१५ नम्बरको गाडीमाथि ढुंगामुढा प्रहार भएको थियो । उनीमाथि ढुंगामुढा प्रहार गर्नुको कारण खुलिसकेको छैन । यद्यपी एमबिबिएस अध्यननको अतिरिक्त शुल्क लगायत विषयमा विद्यार्थी आन्दोदनरत थिए । सोही कारण उनीमाथि आक्रमणको प्रयास भएको हुनसक्ने बताइएको छ ।