काठमाडौं- भारतले नेपालसहित ८२ वटा मुलुकबाट राजधानी दिल्ली आउने व्यक्तिलाई कोभिड-१९ परीक्षणको पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको छ। तर, यो सुविधा चाहिँ कोरोनाविरुद्धको खोप लगाएका यात्रुमा मात्र लागू हुने उसले जनाएको छ। खोप नलगाएकालाई चाहिँ अनिवार्य पीसीआर रिपोर्ट पेश गर्नुपर्ने छ।