काठमाडौँ- अब देखि दुबई जाने यात्रुले छ घण्टा भित्रको र्यापिड पीसीआरको रिपोर्ट देखाउन नपर्ने भएको छ। नेपाल एयरलायन्सले मंगलबार सूचना प्रकाशित गरी ६ घण्टा भित्रको र्यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने उल्लेख गरेको छ।
उसले संयुक्त अरब इमिरेट्स परिवर्तिन नयाँ नियम अनुसार यसअघि कायम गरिएको नियम हटाइएको जनाएको छ।
दुवई यात्रा गर्ने व्यक्तिले उडान समयको ४८ घण्टा भित्रको पीसीआर टेष्ट नेगेटिभ रिपोर्ट देखाउनु पर्ने नियम भने कायम छ।