काठमाडौं– चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)मा सरकारी समूहतर्फको ओपन हाउस म्याचिङको नतिजा सार्वजनिक गरेको छ।
आयोगले बिहीबार एक सूचना जारी गर्दै सरकारी समूहतर्फका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको हो।
आयोगको कार्यालय सानोठिमीमा बिहीबार परीक्षा भएकाे थियाे। आयोगले योग्यताक्रममा रहेका उम्मेदवारहरुले स्वयम् छनौट गरेका शिक्षण संस्था/ शैक्षिक कार्यक्रमका आधारमा ओपन हाउस म्याचिङको नतिजा प्रकाशन गरेकाे हाे।
म्याचिङ भएका उम्मेदवारहरुले सम्वन्धित विश्वविद्यालय/प्रतिष्ठानहरुमा फागुन ६ गते देखि ११ गते सम्म भर्ना हुनुपर्नेछ।
म्याचिङ भई भर्नाको अवसर प्राप्त गरेका उम्मेदवारहरुले सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा भर्ना हुँदा दरखास्त फारामका साथ पेश गरेका सम्वन्धित कागजातका सक्कलप्रति अनिवार्य पेश गर्नुपर्नेछ।
हेर्नुहोस नतिजा