काठमाडौं- सरकारले औषधि दर्ता चौथो संशोधन नियमावली ०७८ स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले नेपाल मेडिकल काउन्सिल पाँचौं संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको जानकारी दिए।
सरकारले कोभिड–१९ विरुद्धको आकस्मिक प्रतिकार्य र जोखिमको पूर्वतयारीको लागि विश्व बैंकबाट २ अर्ब १४ करोड रुपैयाँ थप ऋण सहायता स्वीकार्ने निर्णय पनि गरेको छ।