काठमाडौं- विश्वभर कोेरोना भाइरस संक्रमितको कूल संख्या ४२ करोड नाघेको छ। पछिल्लो चौबिस घण्टामा २० लाख २८ हजार ४९५ जना नयाँ संक्रमित थपिएपछि कूल सख्या ४२ करोड नाघेको हो। वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार हालसम्म विश्वमा ४२ करोड ३ लाख ६० हजार २२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
विश्वका १० देशमा कोरोना संक्रमण पुष्टी हुनेको कूल संख्या एक करोडभन्दा माथि रहेको छ। ती देशमा अमेरिका, भारत, ब्राजिल, फ्रान्स, बेलायत, रुस, टर्की, जर्मनी, इटाली र स्पेन छन्। सबैभन्दा बढी कोरोना संक्रमित रहेको प्रमुख १० देशमा एक÷एक वटा एसियाली र दक्षिण अमेरिकी राष्ट्र छन्। सबैभन्दा बढी कोरोना संक्रमण भएको प्रमुख १० राष्ट्रमा एउटा उत्तर अमेरिकी र ७ वटा युरोपेली राष्ट्र छन्।