काठमाडौं– काठमाडौं उपत्यकामा ८९ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको विवरण अनुसार काठमाडौंमा ६८, ललितपुरमा १९ र भक्तपुरमा २ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ५ हजार ७८५ रहेको छ। पछिल्लो २४ घण्टामा देशभर भने ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार ९१ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने थप २ हजार ४५४ जना संक्रमणमुक्त भएका छन्।
देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।