कालीकोट- बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आज शिविर सञ्चालन गरिएको हो।
शिविरमा रक्तचाप, मधुमेहलगायत रोगको परीक्षण गरिनुका साथै १२ वर्ष माथिका सबै किशोरकिशोरीलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए।
जिल्ला समन्वय समितिको कार्यालय अगाडिको खुल्ला मञ्चमा शिविर सञ्चालन गरिएको हो। शिविरमा करिब ३०० जनालाई सेवा दिने लक्ष्य रहेको महतले बताए। रासस