काठमाडौं- सुदुरपश्चिम प्रदेशमा आँखा,नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ। प्रदेशका सबै ९ जिल्लाका अस्पताल तथा स्वास्थ्य कार्यालयका फोकल पर्सन, चिकित्सक,सेवाप्रदायक लगायतका स्वास्थ्यकर्मीलाई २ ब्याच गरी ३६ जनालाई प्रशिक्षक प्रशिक्षण तालिम दिइएको हो।
तालिममा मुख स्वास्थ्यतर्फ डा. प्रकाश बुढाथोकी र सामाजिक बिकास मन्त्रालयका डा. नरेश जोशी,आँखा स्वास्थ्य तर्फ गेटा अस्पतालबाट डा. रमेश भट्ट र नाक कान घाँटी तर्फ सेती प्रादेशिक अस्पतालका डा. अशोक श्रीपाईलीले प्रशिक्षण सहजीकरण गरेका थिए। स्वास्थ्य सेवा बिभाग,उपचारात्मक सेवा महाशाखाले प्रदेश तथा स्थानीय तहका नीति निर्माता,कार्यान्वयन,योजनाकारलाई संबेदनशील बनाऊन प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक,प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक,सामाजिक विकास तथा प्रदेश स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखलाई यसअघि अभिमुखीकरण गरिसकिएको छ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदिश जोशीले सुदुरपश्चिम प्रदेशका हरेक स्वास्थ्यसंस्थाबाट सेवा प्रदान गर्ने गरी तयारी स्वरुप संघीय सरकारबाट हरेक प्रदेशमा तालिम दिन लागीएको बताए। प्रदेशले स्वास्थ्यक्षेत्रका सुचकहरुमा सुधार गरेको र अझ धेरै गर्न लागीपरेको उनको भनाइ छ। डा. प्रकाश बुढाथोकीले प्याकेज कार्यक्रम, बिकासक्रम, उदेश्यका बारेमा तथा अब संबिधानप्रदत्त मौलिक हक आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित गरिसकेको तथा त्यस्को स्तरीय उपचार पद्धती पनि निर्माण भईसकेकाले अब नेपाल सरकारका हरेक स्वास्थ्यसंस्थाहरुले यी सेवा एकै गुणस्तर र सहजरुपमा दिनपर्ने र उचित समय र उपयुक्त स्थान तथा बिशेषज्ञकहा“ प्रेषण गर्नपर्ने बताए।
सामाजिक विकास मन्त्रालयकी सचिब रीता भण्डारीले सरकारबाट ओझेल तथा बिज्ञ अभाव झेलिरहेका सेवाहरुमा टास्क सिफ्ट र सेयरीङ गर्दे हरेक नेपालीलाई सेवाको पहु“चमा ल्याउन संघीय सरकारले सहयोग गरेको बताइन्। यस्ता रोग,जटिला तथा आर्थिक हानी बढी हुने बिशेषज्ञ सेवाको रोकथाम,आधारभुत उपचार जतिसक्दो छिटो हरेक स्वास्थ्य संस्थामा पुरयाउन पनि उनले आग्रह गरीन्। तालिम केन्द्रका निर्देशक नरेन्द्रसिह कार्कीले यस्ता तालिम नियमित गर्न र संघीयताले खस्काएको स्वास्थ्य सुचक सुधार्न मदत पुग्ने बताए। समापन कार्यक्रमका प्रमुख तथा उपचारात्मक सेवा महाशखाका डा. प्रकाश बुढाथोकीले ओझेलमा परेको क्षेत्रलाई सम्बोधन गर्दे शाखा स्थापना भएको बताए।
उनले सवै मिलेर यसको विकास र विस्तार गर्नुपर्नेमा जोड दिनु भएको थिए। डा. बुढाथोकीले बिगत २ वर्षदेखि स्थानीय र प्रदेश सरकारलाई सशर्त बजेटका रुपमा कार्यक्रम राखिएकाले त्यो कार्यान्वयन गर्न तथा आफुले पनि बजेटमा बिनीयोजन गर्न आग्रह गरे। उनले आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित भईसकेका बिशेषज्ञ सेवाहरु सरकारको तल्लो स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीसम्म पुरयाउन चुनौती भएपनि सबैको प्रयास भएमा असंभव केहि नभएको बताए। कार्यक्रमको उद्घाटन सामाजिक विकास मन्त्रालयकी सचिब रीता भण्डारीले गरेकी थिइन्।