काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३ जना कोभिड संक्रमित थपिएका छन्। काठमाडौंमा ८०, भक्तपुरमा १ र ललितपुरमा १२ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टाको देशभरको पछिल्लो औसत संक्रमणदर ३।५ प्रतिशत रहेको छ। आज देशभर ११ हजार ७५४ जना होम आइसोलेसनमा, ४९० जना संस्थागत आइसोलेसनमा, १३६ जना आईसीयू तथा १४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।