काठमाडौँ– नेपालमा १५० कोरोना संक्रमित अझैं पनि आईसीयू र भेन्टिलेटरमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १३६ कोरोना संक्रमितको आईसीयूमा र १४ को भेन्टिलेटरमा गरी कुल १५९ जना उपचाररत छन् ।
मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १० जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी मधेस प्रदेश मा २ जना आईसीयूमा उपचाररत छन् भने बागमती प्रदेशमा ९७ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा उपचारत छन् ।
गण्डकी प्रदेशमा ४ जना आईसीयूमा उपचाररत छन्। त्यस्तै लुम्बिनी प्रदेशमा १२ जना आईसीयूमा उपचाररत छन्। कर्णाली प्रदेशमा १ जना आईसियूमा उपचाररत छन् भने सुदुरपश्चिममा ९ जना आईसीयूमा उपचाररत छन्।