काठमाडौं- नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म कुल ११ हजार ९२१ जनाको ज्यान गुमाएका छन्। आइतबार मात्रै जना ४ जनाले ज्यान गुमाएका छन्। कोरोना संक्रमणदरको तुलनामा मृत्युदर भने खासै घट्न सकेको छैन। यसरी कोरोनाबाट ज्यान गुमाउनेहरुमा बालबालिका देखि बृद्धबृद्धा सम्म रहेका छन्।
अहिलेसम्म मृत्यु भएकामध्ये सबैभन्दा बढी ६० बर्ष माथिका रहेका छन्। हाल सम्म ६० देखि ९ वर्षसम्मका २५०० जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु भएकामध्ये ६० बर्ष माथिका ६ हजार ५०७ जना छन्। यस्तै कोरोनबाट नौ बर्ष मुनिका ५१ जना बालबालिकाको ज्यान गएको छ।
१० देखि १९ बर्ष मुनिका ५७ जनाले कोभिडबाट ज्यान गुमाएका छन्। २० देखि २९ बर्षका ३७६ जना, ३० देखि ३९ बर्ष उमेरका ९३ जना, ४० देखि ४९ बर्ष उमेरका १६६२ जना र ५० देखि ५९ बर्ष उमेर समूहका २२९२ जनाले कोरोना संक्रमणमा परि ज्यान गुमाएका छन्।
६० देखि ६९ वर्षसम्म्का २५००, ७० देखि ७९ वर्षसम्मका २३७३ र ८० वर्षमाथिका १६३४ जनाले ज्यान गुमाएक छन्। यस्तै अज्ञात जनाको कोरोना संक्रमणबाट १३ जनाको ज्यान गएको छ।
काठमाडौंमा मात्रै २३०० को मृत्यु
कोभिड-१९ संक्रमणका कारण काठमाडौँमा हालसम्म २ हजार ३०० जनाको मृत्यु भएको छ। सक्रिय संक्रमित २८९४, संक्रमणमुक्त ३ लाख १७ हजार ४६३, मृत्यु २,३०० कुल संक्रमित ३ लाख २२ हजार ६५७ जना छन्।
भक्तपुरमा सक्रिय संक्रमित ४ सय ४५, संक्रमणमुक्त ३७ हजार १२१, मृत्यु ४४८ र कुल संक्रमित ३८ हजार १४ जना छन्। ललितपुरमा सक्रिय संक्रमित १ हजार ४६७,संक्रमणमुक्त ६३ हजार ५५०, मृत्यु ७४५ र कुल संक्रमित ६५ हजार ७६२ जना छन्।
त्यसैगरी काठमाडौँ उपत्यकामा आइतबार कोभिड १९ का ९३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा ८०, ललितपुरमा १२ र भक्तपुरमा १ जना थपिएका हुन्।