काठमाडौं- स्वास्थ्य बीमा बोर्डको लिखित परीक्षा २१ फागुनमा हुने भएको छ।
बोर्डको लागि आवश्यक दर्ता अधिकारी (नासु वा पाँचौ तह सरह) करार सेवामा भर्नाको लागि फागुन २१ गते दिउँसो २ बजे लिखित परीक्षा लिने बोर्डले जनाएको छ।
फोटो, ट्रान्स्क्रिप्ट, चारित्रिक प्रमाणपत्र, समकक्षता वा अन्य विवरण छुटेका उम्मेद्वारहरुले १२ गतेभित्र छुट कागजात पेश गर्नुपर्नेछ।