काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा दुईजनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टि भएको हो।
हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन्। यस्तै बुधबार ९११ जना संक्रमणमुक्त भएका छन्। नेपालमा केहि दिनयता कोरोना संक्रमण घट्दै गएको छ। हाल देशभर १० हजार ९० जना कोरोनाका सक्रिय संक्रमित छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिमध्ये होमआइसोलेसनमा नौ हजार ७९३ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेसनमा ३२७, आइसियुमा १०५ र भेन्टिलेटरमा १९ जनाले उपचार गराइरहेका छन्।