काठमाडौं– चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)मा सरकारी समूहतर्फको दोस्रो ओपन हाउस म्याचिङको मिति तय गरेको छ। आयोगले बिहीबार एक सूचना जारी गर्दै फागुन ५ मा सञ्चालित ओपन हाउस म्याचिङको नतिजा बमोजिम भर्ना भएपश्चात रिक्त रहेका सिटहरुमा १६ फागुमा दोस्रो ओपन हाउस म्याचिङ सञ्चालन गर्ने जनाएको छ।
फागुन १६ गते आयोगको कार्यलयमा भौतिक उपस्थितिमा दोस्रो ओपन हाउस म्याचिङ गरिने आयोगले जनाएको छ। त्यसका लागि उम्मेदवारहरुले अनिवार्य रुपमा प्रवेशपत्र, स्कोरकार्ड तथा अनलाइन आवेदनसाथ पेश गरेका सक्कल कागजातहरु सहित उपस्थित हुनुपर्ने भनिएको छ।