काठमाडौं– नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १० हजार भन्दा तल झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ९ हजार ६७८ संक्रिय संक्रमित छन्। जसमध्ये ९ हजार ४०६ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने २७२ जना संस्थागत आइसोलेसनमा छन्।
उनीहरुमध्ये ९३ जनाको आईसीयू र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १५ हजार ६५० पुगेको छ। यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको छ भने ९ लाख ५४ हजार ९०३ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा थप १ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार देशभर ७ हजार ७४३ नमुना परीक्षण गरिएको थियो। ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र दुई हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन्।