काठमाडौं- मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको स्नातक तह बिएएमएसको सम्बन्धन खारेज भएको छ। नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले कलेजको सम्बन्धन खारेज गरेको हो।
विश्वविद्यालयको कार्यकारी परिषदको माघ ११ गतेको बैठकको निर्णय नम्बर १३७ अनुसार सम्बन्धन खारेज गरिएको डिन कार्यालयले जनाएको छ।
सम्बन्धन खारेजको निर्णयसँगै उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुको हकमा नेपाल संस्कृत विश्वविद्यालयको आंगिक केन्द्रीय आयुर्वेद विद्यापीठ दाङमा बाँकी अध्ययन पूरा गर्ने व्यवस्था मिलाइएको डिन कार्यालयले जनाएको छ।