काठमाडौं- 'गुणस्तरीय स्वास्थ्य सेवा, हाम्रो प्रतिवद्धता' भन्ने मुल नारासहित २४ औं स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष फागुन १५ गते दिवस मनाउँदै आएको छ। दिवसका अवसरमा स्थानीय परिवेश अनुसार सान्दर्भीक कार्यक्रमको आयोजना गर्न मन्त्रालयले सातै प्रदेश, ७७ जिल्ला र ७५३ वटै स्थानीय तहलाई आग्रह गरेको छ।
मन्त्रालयले दिवसका अवसरमा ७७ वटै जिल्लामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न स्वास्थ्य कार्यालयहरुलाई पत्राचार समेत गरिसकेको छ।