काठमाडौं- नेपाल स्वास्थ्य व्यवस्थापक संघको प्रथम साधारण सभा फागुन २८ गते हुने भएको छ। साधारण सभा संघको रजिष्ट्रर्ड कार्यालय सानेपामा हुनेछ।
साधारण सभाका लागि अध्यक्षको प्रतिवेदनमाथि छलफल, लेखा परिक्षक नियुक्ति, विधान संशोधन लगाएतका एजेण्डा तय गरिएको सचिव मनिष दवाडीले जानकारी दिए।