काठमाडौं - पछिल्लो २४ घण्टामा १५५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार २३९ र २ हजार ९१३ जनाको एन्टीजेन परीक्षणका क्रममा १५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ५४० जना संक्रमित निको भएका छन्। उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३४ पुगेको छ।
देशभर हाल ८ हजार ८३९ जना संक्रिय संक्रमित छन्। ९२ जना आइसीयू र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।