काठमाडौं - देशभर हाल तीन वटा जिल्लामा मात्र कोरोनाको पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। काठमाडौं, ललितपुर र कास्कीमा मात्र पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर हाल संक्रमित संक्रमितको संख्या ८ हजार ८३९ जना छन्। काठमाडौंमा मात्र १ हजार ६४९, ललितपुरमा १ हजार ११५ जना सक्रिय संक्रमित छन्।
यस्तै आठ वटा जिल्लामा भने २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यो सूचीमा मोरङ, सुनसरी, धनुषा, चितवन, बाँके, रुपन्देही र कैलाली छन्।