काठमाडौं- नेपाली कांग्रेस निकट चिकित्सकहरुको संस्था प्रजातन्त्रवादी चिकित्सक संघको लुम्बिनी प्रदेश समिति गठन भएको छ। बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनी प्रदेश समिति घोषणा गरिएको हो।
संघको लुम्बिनी प्रदेश समितिको अध्यक्षमा डा कृष्ण खरेल रहेका छन्। उपाध्यक्षमा डा संकेत रिजाल, महासचिवमा डा सन्दिप सुवेदी, सचिवमा डा सुदर्शन थापा र डा किशोर खत्री, कोषाध्यक्षमा डा सरिता श्रेष्ठ तथा सहकोषाध्यक्षमा डा दिनेश गौतम रहेका छन्।
यसैगरी, कार्यसमिति सदस्यहरुमा डा राजेन्द्र बस्याल, डा उदयकुमार सिंह, डा मोहनलाल तिवारी, डा रिकेश सापकोटा, डा अरुण पोखरेल, डा दिपेन्द्रसिंह क्षेत्री, डा उदिप महर्जन, डा प्रकृति लामिछाने, डा दीपक यादव, डा झपेन्द्र ढकाल र डा कपिल गौतम रहेका छन्।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष अनिलबिक्रम कार्कीले चिकित्सकको हकहित र पेशागत संरक्षण लगायतका कुरामा काम गर्ने बताए।
प्रदेश अध्यक्ष खरेलले संघले लिएको नीति अनुसार प्रदेश समितिले काम गर्ने जानकारी दिए।