काठमाडौं– अस्कर मनोनीत अमेरिकी अभिनेत्री सेल्ली केल्लरमेनको निधन भएको छ। ८४ वर्षिय सेल्लीको बिहीबार निधन भएको हो।
सेल्लीको निधन हृदयघातका कारण भएको बताइएको छ। अमेरिकाको लस एञ्जल्समा आफ्नो घरमा उनको निधन भएको उनका म्यानेजर एलन इच्लेरले बताएका छन्।
केल्लर मेनले आफ्नो करिअरको ६० वर्ष फिल्म र टेलिभिजनमा देखिएकी थिइन्। रोबर्ट एल्टमेनको निर्देशनमा बनेको १९७० मा प्रदर्शन भएको फिल्म ‘म्यास’का लागि उनलाई उक्तृष्ट सहायक अभिनेत्रीको अवार्डका लागि अस्करमा मनोनीत भएकी थिइन्।
यो बाहेक उनले अभिनय गरेका ‘ब्याक टु स्कुल ९१९८६०’, ‘लस्ट होराइजन ९१९७३०, ‘ब्रिवेस्टर एमसिक्लाउड ९१९७००’लगायतका फिल्महरुमा अभिनय गरेकी छिन्।