काठमाडौं- नेपालमा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा १ जनाको कोरोना सक्रमणबाट मृत्यु भएको छ। ९७१० जनामा परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टि भएको हो।
हालसम्म देशभर कोरोनाका कुल संक्रमित पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७६ हजार ८६५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ३२६ जना पुगेका छन्।
संक्रमितमध्ये ९ लाख ५६ हजार ४१३ जना निको भएका छन् भने ११ हजार ९३५ जनाको मृत्यु भएको छ।