काठमाडौं - पेडियाट्रिक नर्सेस एशोसिएसन अफ नेपालले आजदेखि साताव्यापी कार्यक्रम सुरु गरेको छ। बालबालिकाको हेरचाहका लागि पेडियाट्रिक नर्सको महत्व र यसको वकालत गर्ने उद्देश्य सहित एशोसिएसनले कार्यक्रम सुरु गरेको हो।
फागुन १६ देखि १७ गते मिडिया एड्भोकेसी, १८ देखि २० सम्म विभिन्न प्रदेशमा फोकल पर्सनको छनोट, २१ गते बालबालिकाको मानसिक स्वास्थ्य र अधिकार सम्बन्धी कार्यक्रम र २२ गते त्रिवि शिक्षण अस्पतालमा कार्यक्रमको समापन हुने एशोसिएसनले जनाएको छ।
नेपालमा पेडियाट्रिक नर्सिङको महत्व भएपनि यसको वकालत हुन नसकेको एशोसिएसनकी सदस्य र्सिजना भोमीले बताइन्। यस साताव्यापी कार्यक्रमले पेडियाट्रिक नर्सिङको क्षेत्रमा महत्व बुझाउन र वकालत गर्न मद्दत पुग्ने एशोसिएसनको अपेक्षा छ।