काठमाडौं- भक्तपुरमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। दुवाकोट अस्पतालमा केएमसीले आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
शिविरमा ५६३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। १४३ जनाको रक्त परीक्षण, ७२ जनाको भिडियो एक्सरे र ४७ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए।
दाँतमा समस्या भएर शिविरमा आएका १३ जनाको दाँत उखेलिएको छ।