काठमाडौं - पछिल्लो २४ घण्टामा १८० जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार २१८ पीसीआर र ३ हजार १२३ जनाको एन्टीजेन परीक्षणका क्रममा १८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ४०० जना संक्रमित निको भएका छन्। यो सँगै निको हुनेको कुल संख्या ९ लाख ५६ हजार ४१३ जना पुगेको छ।
उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३६ पुगेको छ। देशभर हाल ८ हजार २३५ जना संक्रिय संक्रमित छन्।