काठमाडौं- नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,४५८ वटा पीसीआर परीक्षण गर्दा ९२ जना र २०४६ एन्टिजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३५४ जना संक्रमणमुक्त भएका छन्।
हाल देशभर ७९३१ सक्रिय संक्रमित रहेका छन्।