काठमाडौं- अष्टेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ संक्रमण देखिएको छ। उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताए। उनले मंगलबारको परीक्षणबाट आफूलाई कोभिड १९ देखिएको बताएको कुरा उनको आधिकारिक वेभसाइटमा मंगलबार उल्लेख गरिएको छ।
आफूलाई ज्वरो आएपछि आइतबारदेखि निरन्तर रुपमा कोभिड १९ परीक्षण गराएको मंगलबारको परीक्षणमा कोभिड देखिएको प्रधानमन्त्री मोरिसनले बताएको सो वेभसाइटमा राखिएको छ।