झापा- झापाको मेची अस्पतालमा पहिलो पटक जोर्नी प्रत्यारोपण (हिप आर्थाेप्लाष्टि) सफल रुपमा सम्पन्न भएको छ। फागुन ४ गते मोटरसाइकल दुर्घटनामा परि हल्दिबारी ४ निवासी ५५ बर्षिय सुरेन मेचेको दाहिने कम्मरको जोर्नी भाँचिएको थियो।
मेची अंचल अस्पतालमा दरबन्दी भएका अर्थाेपेडिक डाक्टर विजय भुजेल, अर्थाेपेडिक डाक्टर प्रकाश कुमार श्रेष्ठ र डाक्टर रमेश श्रेष्ठ, एनेष्थेसिया डाक्टर प्राण श्रेष्ठको टोलीले सो शल्यक्रिया सफल रुपमा सम्पन्न गरेका थिए।
मेची अस्पतालमा पछिल्लो समय रोग बिशेषज्ञ चिकित्सकहरुको दरबन्दीमा सेवाग्राहीहरुले उपचार पाउदा बाहिर रेफर हुने संख्यामा कमि आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टंक प्रसाद बाराकोटीले बताए।