काठमाडौं– अत्याधुनिक उपकरणसहितको मल्टीस्पेसियालिटी क्लिनिक सञ्चालनमा आउने भएको छ। नेपाल ल्याब हाउस पोलिक्निक गौशालाको पिगंलास्थानमा सुरु हुन लागेको हो।
२२ फागुनबाट सञ्चालनमा आउन लागेको ‘नेपाल हाउस ल्याब मल्टी स्पेसियालिटी क्लिनिक’मा झण्डै दुई दर्जन विशेषज्ञ चिकित्सकले ओपीडी सेवा दिनेछन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति प्राप्त ‘ए’ क्याटागोरी प्रयोगशालासहित उक्त क्लिनिक सञ्चालन हुन लागेको हो। अहिले नेपाल ल्याब हाउसमा ५० जना कर्मचारीहरु रहेका छन्।
‘मल्टीस्पेसियाल्टी क्लिनिक’ युएस एफडिए र ईयुबाट स्विकृती प्राप्त अत्याधुनिक मेसिनसहितको ल्याब तथा पोलिक्लिनिक हो।
पोलिक्लिनिकमा मुटु रोग, सामान्य चिकित्सा, मधुमेह, थाइराइड तथा हर्मोन रोग, स्त्री तथा प्रसुति तथा निःसन्तान सेवा, मिर्गौला रोग, मानसिक रोग, मुत्र तथा पत्थरी रोग, सामान्य शल्यक्रिया, नाक कान तथा घाँटी रोग, कलेजो रोग, छाला तथा यौन रोग, हाडजोर्नी सेवा, नसा रोग, आँखाजाँच सेवा, बालरोग, छातीरोग, दन्तरोग सेवा, रेडियोलोजी, तथा औषधि सेवा, खोप लगायतका सेवाहरु उपलब्ध हुने ल्यावले जनाएको छ।