काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। यही अवधिमा थप १०५ जनामा संक्रमणपुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी १०५ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ३२० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार ५१७ जना संक्रिय संक्रमित रहेका छन्। जसमध्ये ७ हजार ३४९ जना होम आइसोलेसनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ६१ जना आईसीयू र ९ जना भेन्टिलेटरमा उपचाररत् छन्।