काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ।
जसमध्ये भक्तपुरमा २, ललितपुरमा ५ र काठमाडौंमा १८ गरी २५ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।
शभर थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप १०५ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ४ हजार ९२४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
२ हजार ४४८ जनाको पिसिआर गर्दा ७० र २ हजार ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो।