काठमाडौं - पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ६६२ पीसीआर र ३ हजार ५५८ जनाको एन्टीजेन परीक्षणका क्रममा ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ३६२ जना संक्रमित निको भएका छन्। यो सँगै निको हुनेको कुल संख्या ९ लाख ५८ हजार ५५५ जना पुगेको छ। उक्त अवधिमा कसैको पनि मृत्यु भएको छैन। देशभर हाल ६ हजार ९४७ जना संक्रिय संक्रमित छन्।