काठमाडौं- पछिल्लोे २४ घण्टामा ८८ हजार ५६६ जनाले कोभिड–१९ विरुद्ध खोप लगाएका छन।
स्वास्थ्य मन्त्रालयले खोप अभियान सुरु भएयता तीन करोड ७७ लाख २१ हजार ८८६ मात्रा खोप लगाइसकिएको जनाएको छ। यस्तै एक करोड ८५ लाख २७ हजार १९० जनाले पहिलो मात्रा खोप लगाएका छन्।
एक करोड ७८ लाख ७६ हजार २२३ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन्। आजसम्ममा १३ लाख १८ हजार ४३७ जनाले खोपको अतिरिक्त मात्रा पनि लगाइसकेका छन्।