काठमाडौं- सप्तरीका अर्जुन सरदार (बाँतर) समुदायबाट मुलुकमै पहिलो एमबीबीएस डाक्टर बनेका छन्। कञ्चनरुप नगरपालिका–८ का अर्जुन सरदार बाँतर समुदायका पहिलो डाक्टर बनेका हुन्। उनी डा भएपछि परिवार र गाउँमा खुशीयाली छाएको छ।
अर्जुनले एमबीबीएसमा सफल भएपछि समग्र बाँतर समुदायका लागि प्रेरणाको श्रोत बनेको स्थानीय शोभालाल सरदारले बताए। नेपालको बाँतर समुदायमा पहिलो डा बन्न सफल भएकोले गाउँ नै खुशी छ।
दलित समुदायले आफना छोरा छोरीहरुलाई ५ देखि १० कक्षासम्म पढाएर विवाह गर्ने प्रवृत्तिको अन्त्य गरेर उच्च शिक्षामा जोड दिनुपर्ने स्थानीय राजकुमार पासवानले बताए ।