काठमाडौं - बझाङमा ज्येष्ठ नागरिकलाई लक्षित गरी निशुल्क कृत्रिम दाँत शिविर सुरु भएको छ। अति दुर्गम क्षेत्रका ज्येष्ठ नागरिकका लागि उपचारात्मक सेवा महाशाखाले निशुल्क कृत्रिम दाँत शिविर सुरु गरेको हो।
महाशाखाका प्रमुख कन्सल्टेन्ट डा प्रकाश बुढाथोकीले स्वास्थ्य सेवा सबै नागरिकको मौलिक हक भएको बताए। पाँच दिनमा सात बढी बिरामीको दाँत तथा मुखको परीक्षण गर्ने, एक सय बढी जेष्ठ नागरिकको कृत्रिम दा“त फुल कम्पलिट डेण्चर राख्ने, एक हजार बढीको आरपीडि राख्ने, दुई हजार बढी बिरामीको काम नलाग्ने दाँत उखेल्ने तथा दाँत र मुख सम्बन्धी सबै परीक्षण तथा परामर्श गर्ने उनले जानकारी दिए।
शिविरमा विद्यार्थीहरुलाई टुथब्रससहित दाँत सफा गर्ने तरिका, ओरल हाईजिनको महत्वबारे कक्षा समेत सञ्चालन गरिनेछ। डा बुढाथोकीको नेतृत्वमा ११ जना फ्याकल्टि, ९ जना पोस्ट ग्राजुयेट रेजिडेन्ट, ४ जना ल्याब टेक्निसियन, ४ जना डेन्टल सर्जन र ४ जना सहायकले शिविरमा सेवा दिनेछन्। उक्त शिविर फागुन २६ गतेसम्म सञ्चालन हुनेछ।