बैतडी- दुर्गम क्षेत्रका बालबालिकालाई स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले बैतडीका सबै स्थानीय तहका विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालयको आयोजनामा शिविर सञ्चालन गरिएको हो।
शिविरमा चार हजार ७०३ बालबालिकाले उपचार गराएका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए। दश पालिका रहेको बैतडीका प्रत्येक स्थानीय तहका एक/एक विद्यालयमा शिविर सञ्चालन गरिएको थियो।
शिविरमा आँखा, कान र दाँतमा समस्या भएका विद्यार्थीलाई विद्यालयमै स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो । तीमध्ये दाँतसम्बन्धी एक हजार ६२७, आँखासम्बन्धी एक हजार ५८४ र कानसम्बन्धी एक हजार ४९२ बालबालिकाको उपचार गरिएको थियो। रासस