काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको योग्यता क्रममा रही इलिजिविलिटी लिएका उम्मेदवारलाई म्याचिङ प्रक्रियामा सहभागी नगराउने भएको छ।
आयोगले एक सुचना जारी गर्दै स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजाको योग्यताक्रममा रही वैदेशिक अध्ययनका लागि इलिजिविलिटी प्रमाणपत्र पत्र लिएका उम्मेदवारहरुलाई म्याचिङ प्रक्रियामा सहभागी नगराउने जनाएको छ।
तर छात्रवृत्ति प्रयोजनका लागि बाहेक कुनै पनि उम्मेदवारले यस अगावै इलिजिविलिटी लिएकोमा उक्त इलिजिविलिटी रद्द गर्न भने सक्ने छन्। यसको लागि सक्कल प्रमाणपत्रसहित निवेदन दिएमा इलिजिविलिटी रद्द गरी भर्ना प्रक्रियामा सहभागी गराउने आयोगद्वारा जारी सूचनामा उल्लेख छ।