काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटलले क्यूआरकोडबाट आवश्यक सेवाको विषयमा जानकारी पाउन सकिने सुविधा थपेको छ। नर्भिक अस्पतालले उपलब्ध सबै सेवाको विषयमा जानकारी लिन चाहनेले वेबसाइटमा गएर स्क्रोल गर्नुपर्ने बाध्यता अन्त्य गर्दै क्यूआर कोड स्क्यान गरी ती विषयमा सहजै आवश्यक जानकारी लिनसक्ने विशेषतासहितको नवीन सेवा सुरु गरेको हो।
यो सेवा कार्यान्वयनमा आएसँगै अब नर्भिक अस्पतालमा गरिएको ल्याबटेस्टको रिपोर्ट क्यूआर कोड स्क्यान गरी डाउनलोड गर्न सकिनेछ। क्यूआर कोड स्क्यान गरेपछि सोझै ल्याब रिपोर्ट डाउनलोडन गर्ने पेजमा पुगिन्छ।
यस्तै, विशेषज्ञ चिकित्सकहरुको ओपिडी समयको विषयमा आवश्यक जानकारीका लागि पनि मुख्य वेबसाइटमा गएर अप्सन खोज्न स्क्रोल गरिरहनुपर्दैन। ओपिडी टाइमिङको क्यूआरकोड स्क्यान गरेपछि सोझै सम्बन्धित पेजमा पुगिनेछ।
सो पेजमा पुगिसकेपछि अनलाइनबाटै डाक्टरको अपोइनमेन्ट समेत लिन सकिने सुविधा उपलब्ध गराइएको नर्भिक अस्पतालले जनाएको छ।
नर्भिकमा उपलब्ध विशेषज्ञ चिकित्सकहरुको प्रोफाइल समेत क्यूआर कोड स्क्यान गरी हेर्न सकिने सुविधा समेत उपलब्ध गराइएको छ।
यसैगरी, नर्भिक अस्पतालमा उपलब्ध विभिन्न स्तरका रुमहरुको विषयमा जान्न चाहनेका लागि समेत क्यूआर कोड उपलब्ध रहेको छ।
यस्तै, नर्भिकको ओपिडी र आइपिडी सेवामा उपलब्ध विभिन्न हेल्थ प्याकेजहरुको विषयमा पूरा जानकारीको आवश्यकता पर्नेले समेत वेबसाइटमा अलमलिनरहनु पर्नेछैन, सोझै क्यूआर कोड गरे पुग्ने फिचर थपिएको छ।