काठमाडौं- एमसिसीबिरुद्धको आन्दोलनमा घाइते भएका एक जना प्रदर्शनकारी अस्पतालबाट डिस्चार्ज भएका छन्।
डडेल्धुरा नवदुर्गा गाउँपालिका(५ सिरोला घर भई हाल ललितपुर टिकाथली बस्ने ३० वर्षीय हेमराज अवस्थीलाई अस्पतालले मंगलबार डिस्चार्ज गरेको हो।
उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचारमा थिए। एभरेष्ट अस्पताल, नेशनल ट्रमा सेन्टमा उपचार हुन नसकेपछि अवस्थीलाई प्रहरीले अन्नपूर्ण न्युरो अस्पतालमा पठाएको थियो।
गत फागुन १२ गते विभिन्न राजनीतिक दल र भ्रातृ संगठनहरूले एमसिसीको विरोधमा कार्यक्रम आयोजना गर्दा झडपमा परी उनी गम्भीर घाइते भएका थिए। उनको उपचारका लागि प्रहरीले नै रगत दिएका थिए।