काठमाडौं- विराटनगरस्थित नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क विद्यार्थीहरूबाट नलिएको दाबी गरेको छ।
विराटनगरस्थित नोबेल कलेजले प्रेस विज्ञप्ति जारी गर्दै आयोगले तोकेको भन्दा बढी शुल्क माग नगरिएको र नलिएको दाबी गरेको हो।
एमबिबिएस शुल्कमा नोबेलले आयोगले तोकेको भन्दा बढी शुल्क उठाएको भन्दै विद्यार्थीहरू आन्दोलित छन्। यो प्रकरणमा नोबेल मेडिकल कलेजमाथि आयोगले छानबिन पनि गरिरहेको छ।
‘यस कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शीर्षकहरूमा तोकिएको भन्दा कुनै बढी शुल्क माग नगरिएको र नलिएको व्यहोरा जानकारी गराउँछौं,’ कलेजका प्राचार्य डा।रामहरि घिमिरेद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको सूचना प्रवाह नगर्न विद्यार्थीहरूलाई आग्रह गर्दछौं र यस्तो कपोकल्पित कुरामा विश्वास नगर्नु हुन सबैमा अनुरोध छ।’