हेटौंडा- बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले वर्षमा एक पटक मिर्गाैला परीक्षण गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। विश्व मिर्गौला दिवसको अवसरमा स्वास्थ्य सन्देश दिंदै मन्त्री लामाले नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मिर्गाैला रोगका बिरामी वर्षेनी थपिने गरेकाले वर्षमा एक पटक मिर्गाैला परीक्षण गर्न आग्रह गरेका हुन्।
उनले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले मिर्गाैला रोगको पहिचानको लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममार्फत मिर्गाैला परीक्षण गर्ने गरेको जनाउँदै रोगको बेलैमा पहिचान भएमा निधानमा समेत सहज हुने भएकोले वर्षमा एक पटक मिर्गाैला परीक्षण गर्न र रोग लागेमा बेलैमा उपचार गर्न सबैमा अनुरोध गरेका छन्।
नेपालमा हरेक वर्ष ३ हजार पाँच सय जनाको मृगौलामा समस्या आउने गरेको पाइएको छ। सबैका लागि मिर्गाैला स्वास्थ्य भन्ने नाराका साथ बिहीबार विश्व मिर्गाैला दिवस मनाईदैछ।