काठमाडौं- गोरखाको सुलिकोट गाउँपालिका-४ सौरपानीमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। चैत ११ र १२ गते सौरपानीस्थित हिमालय माध्यमिक विद्यालयमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच तथा अन्य परीक्षण हुने भएको हो।
निजामती कर्मचारी श्रीमती संघको आयोजनामा शिविर हुन लागेको हो।
शिविरमा सामान्य चिकित्सा, छाला तथा यौन रोग, आँखा, मिर्गौला, प्रसूति तथा स्त्रीरोग, दन्त, नाक, कान, घाँटी, मुटु, बाल रोग तथा बाथ रोग, हाडजोर्नी लगायतका रोग तथा समस्याको परीक्षण हुनेछ।